0
Shares
काठमाडौँ – हेटौंडा नजिकैको भैंसेस्थित त्रिखंडी महादेवमा आश्रम बनाउने योजनासहित महायोगी पायलट बाबा नेपाल भ्रमणमा आउँदै छन् । हरिद्वारस्थित पायलट बाबा आश्रमबाट हालै नेपाल फर्केका लेखक ज्ञानमित्रका अनुसार पायलट बाबा वैशाख १५ गते नेपाल आइपुग्ने कार्यक्रम छ ।
विगतमा पटकपटक नेपाल भ्रमण गरिसकेका पायलट बाबा कोरोना कालपछि भने पहिलो पटक नेपाल आउन लागेका हुन् । त्रिखंडी महादेव पायलट बाबाको गुरुस्थली हो। उनको गुरु हरि बाबा तथा हरि बाबाको गुरु अवतार बाबाको समाधिसमेत त्रिखंडीमै रहेको छ। भारतमा सन्यासीहरुको सबैभन्दा ठूलो अखाडा जूना अखाडाको वरिष्ठतम महामंडलेश्वर श्री सोमनाथ गिरी पायलट बाबाको नामले विख्यात छन्। उनी उज्जैन पीठाधीश्वर पनि हुन्।