कालीकोटमा भीरबाट लडेर एक जनाकाे मृत्यु

0 Shares

कालीकोट — कालीकोटमा भीरबाट लडेर एक जनाकाे मृत्यु भएको छ। मृत्यु  हुनेमा खाडाचक्र नगरपालिका ४ का वडा सदस्य ४७ वर्षीय सन्तोष विश्वकर्मा रहेका छन्।उनलाई उपचारका लागि जुम्ला लैजाने क्रममा बाटोमा मृत्यु भएको हाे ।  उनी गत वर्ष वैशाखमा नेपाली कांग्रेसको तर्फबाट वडा सदस्यमा निर्वार्चित भएका थिए ।

उनीसँगै भीरबाट खसेका ४० वर्षीय आचार्य सख्त घाइते छन् । आचार्यको टाउको र मेरुदण्डमा गम्भीर चोट लागेको छ । उनलाई कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले काठमाडौं रेफर गरेको वडाध्यक्ष प्रभानन्द आचार्यले बताए । बजारबाट घर जाने क्रममा बेलुका ७ बजेतिर ओरालोमा सन्तोष र डिल्ली दुबै जना लडेको प्रहरीले जनाएको छ ।

 

सम्बन्धित समाचारसबै