सिंहदरबारभित्रको फोहोर नउठेपछि काठमाडौं महानगरविरुद्ध सर्वाेच्चमा रिट दायर

0 Shares

काठमाडौं-  काठमाडौं महानगरपालिकाका प्रमुख  बालेन्द्र शाह (बालेन) ले सिंहदरबारभित्रको फोहोर नउठाएपछि काठमाडौं महानगरपालिकाविरुद्ध सर्वोच्च अदालतमा रिट दायर भएको छ । काठमाडौं महानगरले सिंहदरबारभित्रको फोहोर नउठाएपछि आइतबार अधिवक्ता पदमबहादुर श्रेष्ठले महानगरविरुद्ध रिट दायर गरेका हुन् । दर्ता भएको रिट निवेदनमाथि मंगलबार प्रारम्भिक सुनुवाइ हुँदैछ । रिटमा जनस्वास्थ्यमा गम्भीर असर परेको अधिवक्ता श्रेष्ठले भनेका छन् ।

काठमाडौं महानगरका मेयर बालेनले सिंहदरबारको असहयोगपछि सिंहदरबारको कुनै पनि फोहोर नउठाउने भन्दै फेसबुकमा स्टाटस पोष्ट गरेका थिए । गएको ८ दिनदेखि सिंहदरबारभित्रको फोहोर व्यवस्थापन हुने सकेको छैन ।

 

सम्बन्धित समाचारसबै