जनताले बुझेका छन् बारामा एमालेको जित सुनिश्चित छ : पुरुषोत्तम पौडेल

0 Shares

काठमाडौँ – नेकपा एमालेका उम्मेदवार पुरुषोत्तम पौडेलले बारा क्षेत्र नं. २ का जनताले विकास हेर्न चाहेका कारण वैशाख १० गतेको निर्वाचनमा एमालेलाई विजयी गराउने बताएका छन् ।  चुनावी अभियानका क्रममा पचरौता पुगेका उम्मेदवार पौडेलले बुधवार सञ्चारकर्मीसँग प्रतिक्रिया दिँदै एमालेलाई जिताउन बारा २ का आम मतदाता आतुर रहेको बताए ।

एमालेले नेतृत्व गर्न नपाएका कारण बारा क्षेत्र नं. २ विकासमा पछि परेको नेता पौडेलको भनाई थियो । नेता पौडेलले विकासको एजेन्डा बोकेर एमाले मतदातामाझ पुगिरहेको र मतदाता पनि एमालेलाई मत हाल्नका लागि उत्साहित रहेको बताए । ‘देश र जनताको हितमा काम गर्ने पार्टी एमाले मात्रै रहेको भन्ने जनताले बुझेका छन्’ उम्मेदवार पौडेलले भने– ‘जनताले अब जातीय नारा बोकेर आउनेलाई होइन, विकासको एजेन्डा बोकेर आउनेलाई मत दिन्छन् ।’ एमालेले यतिबेला जनता आवश्यकतासँग जोडिएको विकासलाई प्राथमिकतामा राखेको बताए ।

सम्बन्धित समाचारसबै