फोहोर फाल्ने ठाउँमा ५ लाख नक्कली नोट बरामद

0 Shares

सर्लाही –  सडकमा फालेको अवस्थामा नेपाली नक्कली रुपैयाँ भेटिएको छ । सर्लाहीको लालबन्दी नगरपालिका–७ स्थित फोहोर फाल्ने ठाउँमा छोडेको अवस्थामा ५ लाख ३० हजार नक्कली रुपैयाँ भेटिएको छ ।

बरामद नेपाली रुपैयाँ १ हजार दरका छन् । नक्कली नोट कारोबारमा संलग्नहरूबारे इलाका प्रहरी कार्यालय लालबन्दीले अनुसन्धान गरिरहेको छ । प्रहरीले पछिल्लो ३ महिनामा सर्लाहीबाट ९ लाख नक्कली रुपैयाँ बरामद गरेको छ । जाली नोट कारोबारमा संलग्न १० जनालाई पक्राउ गरेर अनुसन्धान भइरहेको एसपी सुवेदीले बताए ।

सम्बन्धित समाचारसबै