0
Shares
गौशाला– महोत्तरीमा बस र मोटरसाइकल आपसमा ठोक्किँदा ३ जनाको मृत्यु भएको छ। मृत्यु हुने तीनै जना मोटरसाइकलमा सवार व्यक्ति रहेका छन्। महोत्तरीको गौशाला नगरपालिकास्थित गौशाला सम्सी सडक खण्डमा बुधबार दिउँसो गौशालाबाट बर्दिबासतर्फ आउँदै गरेको बा ३ ख २३९६ नम्बरको बस र मधेश प्रदेश ०१–००४ प ६८१९ नम्बरको मोटरसाइकल एक आपसमा ठोक्किएका थिए।
जिल्ला प्रहरी कार्यालय महोत्तरीले मोटरसाइकलमा सवार तीन जनाको घटनास्थलमै मृत्यु भएको जानकारी दिएको छ। मृतकको पहिचान भने खुल्न सकेको छैन। ठक्कर दिने बसलाई प्रहरीले नियन्त्रणमा लिएको छ भने चालक फरार रहेको महोत्तरी प्रहरी प्रवक्ता दिलीप गिरीले जानकारी दिए।