१५ दिनभित्र माग पुरा नभए बञ्चरेडाँडामा फोहोर फाल्न नदिने चेतावनी

0 Shares

काठमाडौँ – नुवाकोटको ककनी गाउँपालिका र धादिङको धुनिवेशी नगरपालिकाले १५ दिनभित्र  स्थानीयसँग गरेको सम्झौता कार्यान्वयन नभए बञ्चरेडाँडामा फोहोर फाल्न नदिने चेतावनी दिएका छन् । बिहीवार ती दुई पालिकाले संयुक्त प्रेस विज्ञप्ति जारी गर्दै १५ दिनभित्र माग पुरा नभए काठमाडौं उपत्यका लगायतका स्थानबाट ल्याइने फोहोर बञ्चरेडाँडामा फाल्न नदिने चेतावनी दिएका हुन् ।

गत वर्ष शहरी विकास मन्त्रालय, काठमाडौं महानगरपालिका, ककनी गाउँपालिका र धादिङको धुनिवेशी नगरपालिकाका वडाअध्यक्ष र स्थानीय सरोकारवालहरुबीच विभिन्न सम्झौता भएका थिए । दुई नगरपालिकाले  सम्झौता अनुरुपका बुँदाहरु तत्काल कार्यान्वयनमा ल्याउन माग गर्दै ७ बुँदे प्रस्ता अघि सारेका छन् ।

सम्बन्धित समाचारसबै