आचारसंहिता विपरीत गतिविधि गर्नेलाई पक्राउ गर्न निर्वाचन आयाेगकाे निर्देशन

0 Shares

काठमाडौँ – निर्वाचन आयोगले  आइतवार हुने उप–चुनावको आचारसंहिता विपरीतका गतिविधि कडाइका साथ अनुगमन र निगरानी गर्न सरोकारवालालाई पाँच बुँदे निर्देशन दिएको छ । आयोगले वैशाख १० गते आइतवार भन्दा ४८ घण्टा अघिदेखि मतगणनाको काम सम्पन्न नभएसम्म प्रचारप्रसार गर्न निषेध गर्ने गरी गए रातिदेखि मौन अवधि लागू गरेको छ ।

आयोगका सहायक प्रवक्ता गुरुप्रसाद वाग्लेले जारी गर्नुभएको विज्ञप्तिमा आचारसंहिता विपरीतका गतिविधि गर्नेलाई पक्राउ गरी मतदान नसकिएसम्म नछाड्ने उल्लेख छ । आयोगले उप–चुनावको मौन अवधिमा हुन सक्ने चलखेललाई नियन्त्रण गर्न विशेष संयन्त्रमार्फत सुक्ष्म अनुगमन गरिरहेको पनि जनाएको छ । आउँदाे आइतवार चितवन निर्वाचन क्षेत्र नम्बर २, तनहुँ–१ र बारा २ मा उपचुनाव हुँदैछ ।

 

 

सम्बन्धित समाचारसबै