भालुको आक्रमणबाट वृद्ध गम्भीर घाइते

0 Shares

पोखरा – कास्कीको माछापुच्छे गाउँपालिकामा भालुको आक्रमणमा परी एक वृद्ध गम्भीर घाइते भएका छन् । घाइते हुनेमा माछापुच्छ्रे गाउँपालिका वडा नं. ९ का ६१ वर्षीय गुञ्जबहादुर थापामगर छन् ।

बिहान करिब सवा ८ बजे खाना खाएर सोही वडाको क्रन्डू जंगलमा घाँसदाउरा गर्न जानेबेला भालुले आक्रमण गरेको वडाध्यक्ष राजेन्द्र क्षेत्रीले जानकारी दिए । घाइते थापालाई उपचारका लागि पोखरा फिस्टेल अस्पतालमा भर्ना गरिएको छ ।

योसँगै क्रन्डू जंगलमा भालुको आक्रमणबाट घाइते हुनेको संख्या पछिल्लो ३ वर्षमा ३ पुगेको छ । वडाध्यक्ष क्षेत्रीका अनुसार क्रन्डू जंगलमा परम्परागत रुपमा भेडा, बाख्रा गोठालाका गोठ हुने भएकाले भालुले बढी आक्रमण गर्ने गरेको छ ।

 

सम्बन्धित समाचारसबै