कैलाली स्कारपियो दुर्घटना: १ जनाको मृत्यु, ५ घाइते

0 Shares

कैलाली– कैलालीमा स्कारपियो दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ।  दुर्घटनामा धनगढी उपमहानगरपालिका वडा नं ११ बेलाका ७० वर्षीय भोजराज भट्टको मृत्यु भएको छ। उनको धनगढीस्थित मायामेट्रो अस्पतालमा उपचारका क्रममा मृत्यु भएको थियो।

प्रहरीका अनुसार स्कारपियोमा सवार अन्य ५ जना घाईते भएका छन्। दार्चुलाको शैल्यशिखर नगरपालिका वडा नं २ का ४२ वर्षीय चालक तेजबहादुर पाल, धनगढी उपमहानगरपालिका वडा नं ६ मटयारीका ४२ वर्षीय भरत बहादुर चन्द, सोही ठाउँका ४८ वर्षीय बसन्तबहादुर चन्द, ३६ वर्षीया निलम चन्द र ३६ वर्षकै अनुखाण चन्द घाईते भएको प्रहरीले जनाएको छ।

उनीहरु सबैको मायामेट्रो अस्पताल धनगढीमा उपचार भैरहेको छ। हरिद्धारबाट आएको उक्त स्कारपियो आफैं अनियन्त्रीत भएर दुर्घटना भएको बताईएको छ।

सम्बन्धित समाचारसबै