पदम लिम्बूको शव प्रदर्शनमा झडप, प्रहरीले हान्यो अश्रुग्यास

0 Shares

विराटनगर – विराटनगरमा पहिचानको आधारमा प्रदेशको पुन: नामकरण माग गर्दै आन्दोलनरत पक्ष र प्रहरीबीच झडप भएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालय अगाडिको बाटोलाई निषेधित क्षेत्र तोकेर प्रहरीले आवतजावतमा रोक लगाएपछि झडप भएको हो । आन्दोलनरत पक्षले निषेधित क्षेत्र तोडेपछि झडप भएको प्रहरीले बताएको छ ।  झडप हुँदा प्रहरीले अश्रुग्यास र लाठी प्रहार गरेको छ ।

कोशी नाम खारेजको माग गर्दै आन्दोलन गर्ने क्रममा घाइते भइ मृत्यु भएका पदम लिम्बू लाजेहाङको शव प्रदर्शन गर्ने क्रममा  झडप भएको हो ।  पहिचान पक्षधरले कोशी नाम खारेजको माग गर्दै गत चैत ५ गते विराटनगरमा गरेको बृहत प्रदर्शनका क्रममा प्रहरी र आन्दोलनकारीबीच झडप भएको थियो । सोही झडपमा  टाउकोमा चोट लागेका उनलाई चैत ८ गते धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका लागि भर्ना गरिएपनि १० गते उनको मृत्यु भएको थियो ।

लाजेहाङको अन्त्येष्टि गर्नुअघि धरानमा, इटहरी, विराटनगरको रोडशेष चोकमा श्रद्धाञ्जली अर्पण तथा श्रद्धाञ्जली सभा गर्ने र  कोशी प्रदेशसभा परिक्रमा गराउने उनीहरुको कार्यक्रम थियो । सोही क्रममा झडप भएको हो ।

सम्बन्धित समाचारसबै