मतगणना सुरु गर्न चितवनमा सर्वदलीय बैठक बस्‍दै

0 Shares

चितवन – चितवन–२ को मतगणना सुरु गराउन सर्वदलीय बैठक बोलाइएको छ । आचारसंहिता उलङ्घनको विषयलाई लिएर नेपाली कांग्रेसले पहिला कारबाहीको अडान लिएपछि हिजैदेखि सुरु हुने पर्ने मतगणना  हुन सकेकाे छैन । आज सर्वदलीय बैठक बोलाएर सहमति भएपछी मतगणना सुरु हुनेछ । निर्वाचन आयोग, चितवन कार्यालयले बैठक ८ बजे सर्वदलीय बैठक बोलाइएको छ ।

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने तथा चितवनका जिल्ला प्रमुख अधिकारी (प्रजिअ)ले निर्वाचन आचारसंहिता उलङघन गरेको भन्दै हिजो कांग्रेसले उजुरी गरेको थियो ।  सो उजुरीको सम्बोधन नभएसम्म मतगणनामा सहभागी हुन नसक्ने अडान कांग्रेसले लिए पछि हिजो नै हुनु पर्ने मतगणना अझै सुरु हुन नसकेको हाे ।

सम्बन्धित समाचारसबै