चितवन–२ को मतगणना सुरु

0 Shares

चितवन-  आइतबार चितवन क्षेत्र नम्बर २ मा सम्पन्न भएको उपनिर्वाचनको मतगणना सुरु भएको छ । साेमबार सर्वदलीय बैैठकपपश्चात् उपनिर्वाचनको मतगणना सुरु गरिएको हो । मतगणना ईच्छाकामना गाउँपालिका १ र ३ बाट सुरु गरिएको छ ।  चितवन २ को उपनिर्वाचनमा नेपाली कांग्रेसबाट जीतनारायण श्रेष्ठ, नेकपा एमालेबाट रामप्रसाद न्यौपाने र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने प्रमुख उम्मेदवारका रुपमा रहेका छन् । उनीहरुबीच कडा प्रतिस्पर्धा हुँदैछ ।

यस क्षेत्रमा ७८ हजार दुई सय ७७ मत खसेको छ । यस क्षेत्रमा एक लाख २४ हजार छ सय ९७ जना मतदाता रहेका थिए । सोमध्ये ६३ हजार दुई सय ९१ महिला, ६१ हजार चार सय तीन पुरुष र एक जना तेस्रोलिङ्गी रहेका छन् ।

सम्बन्धित समाचारसबै