रविले भने– सरकारलाई दिइएकाे समर्थन कायम राख्नुपर्ने औचित्य देखिएको छैन पुनर्विचार गर्नेछौँ

0 Shares

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टीले माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको वर्तमान सरकारलाई दिएको समर्थनबारे पुनर्विचार गर्ने भएको छ। चितवन क्षेत्र नम्बर २ मा आइतबार भएको प्रतिनिधिसभा सदस्य पदको उपनिर्वाचनमा आफ्नो जित सुनिश्चित भएपछि सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै सो पार्टीका उम्मेदवार तथा सभापति रवि लामिछानेले सरकारलाई दिएको समर्थनबारे पुनर्विचार गर्ने बताएका हुन् ।

‘हामी सरकारमा जे कारणले सामाल भएका थियौँ र समर्थन दिएका थियौँ, त्यो एजेन्डा नै सरकारले आफ्नो कार्यक्रमबाट हटाएपछि सरकारको समर्थन कायम राख्नुपर्ने औचित्य देखिएको छैन,’ उनले भने, ‘हामीले कुनै पनि कालखण्डका भ्रष्टाचारको छानविन गर्ने भनेका थियौँ । तर, त्यो कार्यक्रम अहिले हटेको छ ।’

सरकारको कार्यशैली चित्त बुझ्दो नरहेको बताएका उनले सरकारसँग वार्ता गर्ने र समर्थनबारे पुनर्विचार गर्ने बताएका हुन्  ।  सरकारमा सहभागी नहुने र सरकारलाई दिएको समर्थनको औचित्य पनि नदेखिएको उनको भनाइ छ ।

सम्बन्धित समाचारसबै