पुरानो बसपार्कको प्रहरी बिटमा महानगरले चलायाे डोजर

0 Shares

काठमाडौं – काठमाडौं महानगरले पुरानो बसपार्कमा रहेको प्रहरी बिट भत्काएको छ । सार्वजनिक जग्गा मिचेर बनाइएको अवैध संरचना हटाउने क्रममा महानगरले डोजर लगाएर संरचना भत्काएको हो । यसअघि मैतीदेवी चेकमा सडक मिचेर बनाइएको प्रहरी बिट पनि भत्काइएको थियो ।

अवैध रूपमा बनाइएका संरचना हटाउन महानगरले पटकपटक ताकेता गरिरहेको छ । अटेर गरेपछि महानगर आफैँले डोजर प्रयोग गरी त्यस्ता संरचना हटाउँदै आएको छ ।

सम्बन्धित समाचारसबै