रास्वपा सांसद ढाकाकुमार श्रेष्ठको पद आज रिक्त हुने

0 Shares

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीले गरेको निष्कासन गरेका सांसद ढाकाकुमार श्रेष्ठको स्थान पद रिक्त हुने भएको छ। सभामुख देवराज घिमिरेले प्रतिनिधि सभाको बैठकमा आजै कारवाहीको सूचना दिन लागेका हुन्। कुनैपनि दलबाट निर्वाचित सदस्यलाई उक्त पार्टीले निष्कासन गरेपछि सांसदको पद रिक्त हुने व्यवस्था राजनीतिक दल सम्बन्धी ऐनको दफा ३४ मा उल्लेख छ।

यसरी दलले गरेको कारवाहीको सूचना सभामुखले प्रतिनिधि सभा बैठकमा सुनाउनुपर्नेछ। संसद बैठक नचलेको अवस्थामा सभामुखले यस्तो सूचना टाँस गर्नुपर्ने व्यवस्था उक्त ऐनमा छ।

वैशाख ३ गते राष्ट्रिय स्वतन्त्र पार्टीले सांसद श्रेष्ठलाई निष्कासन गरेको पत्र संसद सचिवालयलाई दिएको थियो। तर संसद सचिवालयले थप कागजात मागेको थियो। राष्ट्रिय स्वतन्त्र पार्टीले वैशाख ८ गते ढाकाकुमार श्रेष्ठलाई सोधिएको स्पष्टीकरण, सांसद श्रेष्ठले दिएको स्पष्टीकरणको प्रतिलिपी, पार्टीको केन्द्री समितिको निर्णयको विवरण संसद सचिवालयमा बुझाएको थियो।

सम्बन्धित समाचारसबै