0
Shares
काठमाडौँ — भारतको नयाँ दिल्लीस्थित अखिल भारतीय आयुर्विज्ञान संस्थान (एम्स)मा उपचाररत राष्ट्रपति रामचन्द्र पौडेलको स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको राष्ट्रपति कार्यालयले जनाएको छ ।
राष्ट्रपति कार्यालयका प्रवक्ता सागर आचार्यले जारी गरेको प्रेस विज्ञप्तिमा राष्ट्रपति पौडेलको स्वास्थ्यमा सुधार भइरहेको भारतमा साथै रहेका परिवारका सदस्यहरूबाट अवगत हुन आएका बताइएको छ । उपचारको क्रममा राष्ट्रपति पौडेलको विभिन्न परीक्षण भइसकेको र केहीको परीक्षण भइरहेको पनि विज्ञप्तिमा बताइएको छ ।
