आफूखुसी शुल्क नबढाउन निजी विद्यालयलाई शिक्षा मन्त्रालयको चेतावनी

0 Shares

काठमाडौँ – शिक्षा मन्त्रालयले निजी विद्यालयहरूलाई आफूखुसी शुल्क नबढाउन चेतावनी दिएको छ । शिक्षा मन्त्रालयका प्रवक्ताले एक विज्ञप्ति जारी गर्दै शैक्षिक सत्र २०८० को विद्यार्थीका सम्बन्धनमा केही निजी लगानीका विद्यालयहरूले आफूखुसी जथाभाबी ढंगले शुल्क उठाएको भन्दै सचेत गराएका हुन् ।

स्थानीय तहले स्वीकृति गरिदिएको सीमाभित्र रहेर मात्र शुल्क लिन पाउने व्यवस्था रहेको मन्त्रालयले स्मरण गराएको छ । कुनै पनि विद्यालयले स्वीकृत भएको शुल्कको विषयमा पारदर्शी ढङ्गले सबै अभिभावकहरूलाई जानकारी गराउनुपर्छ । अभिभावकहरूले समेत तोकिएको शुल्कको स्वीकृतिको विषयमा प्रश्न गर्न पाउँछन् । त्यो विषयमा विद्यालय रहेको स्थानीय तहमा गुनासो गर्न पाउने व्यवस्था समेत रहेको भन्दै मन्त्रालयले केही गुनासा भएमा स्थानीय तहमा जानकारी गराउन मन्त्रालयले अनुरोध गरेको छ ।

सम्बन्धित समाचारसबै