0
Shares
एजेन्सी– अमेरिकाले इरानमा गम्भीर मानवअधिकार उल्लङ्घन र दमन गर्नेहरू विरुद्ध प्रतिबन्धको घोषणा गरेको छ। राष्ट्रिय सुरक्षा सल्लाहकार जेक सुलिवानले यसबारे सार्वजनिक धारणा राखेका हुन्।
इरानमा प्रदर्शनकारीहरूलाई समर्थन गर्ने प्रश्नको जवाफ दिँदै सुलिभानले भने, ‘हामीले यी गम्भीर मानवअधिकार हनन र यो दमन गर्नेहरू विरुद्ध प्रतिबन्ध लगाउँदै छौँ। हामी आफैँले मात्र त्यसो गरेका छैनौँ। हामीले विश्वका अन्य देशहरूसँग समन्वय गरेर निर्णय गरेका छौँ। त्यहाँ के भइरहेको छ भन्नेबारे अध्ययन गरेर अन्तर्राष्ट्रिय धारणा निर्माण गरेका छौँ। मानवअधिकार उल्लङ्घनको आरोपमा सोमबार २० व्यक्ति र एक संस्थालाई प्रतिबन्ध लगाइएको थियो।