च्याटबटले गलत जवाफ दिँदा गुगललाई लाग्यो एक दिनमै १०० अर्ब डलर घाटा

0 Shares

काठमाडौँ – गुगलले हालै सार्वजनिक गरेकाे च्याटबट ‘बार्ड’ले गलत जवाफ दिँदा कम्पनीको शेयरमूल्यमा भारी गिरावट आएको छ । कम्पनीले बुधबार आयोजना गरेको आर्टिफिसियल इन्टेलिजेन्स (एआई) सर्च इभेन्टमा उक्त च्याटबटले गलत जवाफ दिएपछि कम्पनीको शेयरमा १०० अर्ब डलर बढीले गिरावट आएको हो ।

उक्त कार्यक्रमको भिडिओ युट्युबमा लाइभ गइरहेको थियो । नयाँ च्याटबटको प्रचार गर्न आयोजना गरिएको कार्यक्रममै च्याटबटबाट गलत जवाफ आएपछि चौतर्फी आलोचना सुरु भएको छ ।

यो कमजोरी सबैभन्दा पहिले अन्तर्राष्ट्रिय सञ्चारमाध्यम रोयटर्सले पत्ता लगाएको थियो । कुन स्याटलाइटले पहिलो पटक पृथ्वीको सौर्यमण्डल बाहिरको ग्रहको तस्वीर खिचेको थियो भन्ने प्रश्नको गलत जवाफ दिएको थियो ।

उक्त घटनापछि कम्पनीको शेयरमूल्य ८ प्रतिशतले घटेर प्रतिशेयर ९९.४० डलर पुगेको छ । गुगलले ‘बार्ड’को प्रचार गर्दै ट्वीटरमा उक्त च्याटबटले जटिल प्रश्नको उत्तर सही तरिकाले दिन्छ भन्ने दाबी गरेको थियो ।

सम्बन्धित समाचारसबै