0
Shares
काठमाडौँ – नेपाल कमर्स क्याम्पस मीनभवनमा नयाँ मतदान अधिकृत तोकेर मतदान गरिने भएको छ। अहिलेका निर्वाचन अधिकृत सम्पर्कविहीन भएपछि नयाँ तोकेर मतदान सुरु गरिने भएको हो। हालका निर्वाचन अधिकृत तुलसीराम रेग्मी सम्पर्कविहीन बनेका छन्। जसले गर्दा आज बिहान ८ बजेदेखि मतदान हुने भनिएकोमा अहिलेसम्म सुरु हुन सकेको छैन।
अब निर्वाचन समितिका सदस्य सचिव लाल बहादुर बस्नेतलाई निर्वाचन अधिकृत तोकेर मतदान सुरु गर्ने तयारी भएको हो। हिजो सर्वपक्षीय छलफलबाट आज बिहान ८ बजेदेखि ४ बजेसम्म मतदान गर्ने निर्णय गरिएको थियो। तर, मतदानका लागि विद्यार्थीहरू क्याम्पसमा पुगे पनि निर्वाचन अधिकृत नै सम्पर्कविहीन बनेपछि मतदान सुरु हुन नसकेको हो।
नेविसंघले सर्वपक्षीय स्ववियुको माग गर्दै तालाबन्दी गरेपछि चैत ५ गते निर्वाचन हुन सकेको थिएन।