कमर्स क्याम्पसको स्ववियु निर्वाचन स्थगित

0 Shares

काठमाडौं– त्रिभुवन विश्वविद्यालय अन्तर्गत रहेको नेपाल कमर्स क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन स्थगित भएको छ। गत ५ गते स्थगित भएको निर्वाचन शनिबारका लागि तोकिएको थियो। तर शनिबार पनि हुन सकेन।

निर्वाचनमा असहज परिस्थिति सिर्जना भएपछि स्थगित गर्नुपरेको कमर्स क्याम्पस प्रशासनले जनाएको छ। यता एमाले निकट अनेरास्ववियुले भने सत्ता गडबन्धन दलका विद्यार्थी संगठनहरुले निर्वाचन भाँडेको आरोप लगाएको छ।

बिहान आठ बजेदेखि मतदान हुने भनिए पनि निर्वाचन अधिकृत बेपत्ता भएका थिए।। त्यसपछि क्याम्पस प्रशासनले सूचजना जारी गर्दै साढे ११ बजेका लागि मतदान तोकेको थियो।

सम्बन्धित समाचारसबै