नेविसंघ अध्यक्षको हस्ताक्षर र लेटरप्याड दुरूपयोग गरेर पत्र आतंक, कारबाहीको चेतावनी

0 Shares

काठमाडौं– नेविसंघ अध्यक्ष दुजाङ शेर्पाको हस्ताक्षर र नेविसंघ केन्द्रीय समितिको लेटरप्याड दुरूपयोग गरेर पत्र आतंक गरिएकोमा नेविसंघले छानबिन गरी कारबाही गर्ने चेतावनी दिएको छ।

लेटरप्याड र अध्यक्ष शेर्पाको हस्ताक्षर दुरूपयोग गरी बाँके, बर्दिया, रूपन्देही र कास्कीमा अध्यक्ष तोकेकाजस्ता पत्र बनाइएको पाइएको छ। नेविसंघका मुख्यसचिव विजय खड्काले विज्ञप्ति निकालेर फोटोसपमार्फत भएको हस्ताक्षर र लेटरप्याड दुरूपयोगको विषय छानबिन गरी कारबाहीको दायरामा ल्याउने उल्लेख गरेका छन्।

 

सम्बन्धित समाचारसबै